Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ


  • 4.0K
    Shares

    श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ
    images

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर- ४ की ३८ वर्षीया दीपिका विकमाथि उनकै श्रीमान दीपक विकले एसिड प्रहार गरेका हुन् ।

    घरायसी विवादका कारण दीपिकालाई दीपकले शनिवार साँझ एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धि विक्रम शाहले बताए ।

    ‘दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १२ प्रतिशत भाग जलेको छ । दीपिकाको स्वास्थ्य अवस्था सामान्य नै छ ।’ एसपी शाहले बताए ।

    शनिवार साँझ ६ बजे सामान्य विवाद हुँदा दीपकले बोतलमा एसिड ल्याएर श्रीमति माथि प्रहार गरेका थिए । दीपकलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको एसपी शाहले बताए ।

    प्रकाशित मिति :जेठ ३० २०७८ आइतवार - १३:१५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij