२०८२ भाद्र २४ गते मंगलवार
विराटनगर । एभरेष्ट बैंकले शुक्रबार नागरिक केयर सेन्टर विराटनगरलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष महेश कुमार जाजू, एभरेष्ट बैंक लि., प्रदेश नं. १ का क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठलगायत नागरिक केयर सेन्टरका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
नागरिक केयर सेन्टरले कोभिड रोकथाम तथा नियन्त्रणका लागि विभिन्न काम गर्दै आएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij