२०८३ कार्तिक १३ गते शुक्रवार
काठमाडौं । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार जना मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्।
मुख्यमन्त्री पाण्डेलाई भेटेर एमालेका चार मन्त्रीले राजीनामा बुझाएसँगै गण्डकी सरकारबाट एमालेको बहिर्गमन भएको हो।
एमालेले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रदेश सरकारको राजनीतिक समीकरणमा समेत फेरबदल आएको छ। चार मन्त्रीको राजीनामासँगै गण्डकी प्रदेश सरकारमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij