Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु

सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु


  • 13.5K
    Shares

    सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु
    images

    काठमाडौं । भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।

    उपचार अभावमा तीन वर्षदेखि छटपटाइरहेकी घिमिरेको नर्भिक अस्पतालले उद्धार गरी उपचार सुरु गरेको हो।

    नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल घिमिरेको बिहीबार उद्धार गरेकी हुन् । तीन वर्षअघिसम्म मिडियामा छाउने गरेकी मोडल घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ छ ।

    आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा रहन बाध्य थिइन निशा । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।

    दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका अविभावकले छोरीलाई नेपालमै ल्याएका थिए ।

     

     

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १४:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij