Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

फलामको पाइपले लागेर अरुण भ्याली हाइड्रोपावरमा काम गर्ने मजदुरको मृत्यु

फलामको पाइपले लागेर अरुण भ्याली हाइड्रोपावरमा काम गर्ने मजदुरको मृत्यु


  • 5.4K
    Shares

    फलामको पाइपले लागेर अरुण भ्याली हाइड्रोपावरमा काम गर्ने मजदुरको मृत्यु
    images

    पाँचथर । पाँचथर हिलिहाङ गाउँपालिका १ मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाइ भएको अन्दाजी ४ टन वजन भएको फलामको पाइप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाइपले लागेपछि घटनास्थलमै उनको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले क्रेन अप्रेटर बारा सखुवाघाट गाउँपालिका ७ का २८ वर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १४:१३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij