Logo

२०८२ फाल्गुण २९ गते शुक्रवार

२०८२ फाल्गुण २९ गते शुक्रवार

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ


  • 407
    Shares

    जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले जेनजी आन्दोलनका क्रममा जबरजस्ती करणी मुद्दा र सरकारी कागजछाप दस्तखत कीर्ते गरेर फरार रहेका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउपर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीका ३० वर्षीय नुमेश वाइबा र खोटाङ बराहपोखरीका ४१ वर्षीय नवराज लुइँटेल रहेका छन् ।

    ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले वाइबालाई जबरजस्ती करणी र लुइँटेललाई सरकारी कागजछाप दस्तखत कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ परेका वाइबा जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा र लुइँटेल जिल्ला अदालत काठमाडौँबाट फरार रहेका थिए । वाइबालाई स्वयम्भु र लुइँटेललाई वसुन्धराबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १२:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij