२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
भारतीय राजदूत विनय मोहन क्वात्राले जङ्गी अड्डामा पुगेर प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोभिड १९ महामारीको प्रतिकार्यका लागि भारतीय सेनाले भेन्टिलेटर, आईसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए ।
भारतीय सेनाले पठाएका स्वास्थ्य सामग्री राजदूत क्वात्राले हस्तान्तरण गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij