२०८२ भाद्र २४ गते मंगलवार
रुपन्देही । रुपन्देहीमा एक युवकको हत्या भएको छ । हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जेठ २३ गते लुम्बिनी साँस्कृतिक नगरपालिका—४ मनौरा बन्दरगढका ३५ वर्षीय महेन्द्र यादवको हत्या भएको थियो । उनको हत्या आरोपमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले टोलीले पाँच जनालार्ई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मनौराकै २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, र २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा छन् ।
महेन्द्रको लाश फेला परेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धानमा खटिएको प्रहरी निरीक्षक (इन्सपेक्टर) रबिन्द्र महतसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रिसिइबी साँध्न उनीहरुले महेन्द्रको हत्या गरेको पाइएको प्रहरी निरीक्षक महतले बताए ।
पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij