Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो


  • 4.3K
    Shares

    प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको  ज्यान गयो
    images

    दाङ । प्रहरीको भ्यानको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा बिहीबार राति ११:५५ बजे प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको भ्यानले ठक्कर दिँदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दूर्घटना भएको हो । 

    इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुलिनसकेको जानकारी दिए । उनले मृतक पुरुष अन्दाजी २५ वर्षको रहेको अनुमान गरे ।

    मोटरसाइकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किएर उछिट्टिएर टाउको विद्युत् पोलमा ठोक्किएको उनले जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १२:५८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij