Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने सम्भावना

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने सम्भावना


  • 4.3K
    Shares

    काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने सम्भावना
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि जेठ ३१ पछि पनि लम्ब्याउने सम्भावना देखिएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस विषयमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको जानकारी दिए ।

    ‘अब यो जेठ ३१ पछि यसअघि तोकिएको निषेधाज्ञाको अवधि सकिँदै छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले शुक्रबार बिहान भने, ‘अब त्यसपछि के गर्ने भन्ने विषयमा हामी होमवर्क गर्दै छौं ।’

    उनका अनुसार अवस्था विचार गरेर जेठ ३१ पछि के गर्ने भन्ने विषयमा निर्णय गरिनेछ ।

    कोरोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १६ बाट लागू निषेधाज्ञाको अवधि पटकपटक थपेर यो जेठ मसान्त (३१ गते) सम्म पुर्‍याइएको हो।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - ११:३३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij