Logo

२०८२ मंसिर १७ गते बुधवार

२०८२ मंसिर १७ गते बुधवार

कुवेतबाट एक नेपाली महिलाको उद्धार

कुवेतबाट एक नेपाली महिलाको उद्धार


  • 6.3K
    Shares

    कुवेतबाट एक नेपाली महिलाको उद्धार
    images

    कुवेत । कुवेतबाट एक नेपाली महिलाको उद्धार गरिएको छ । गैरआवसिय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती स्पोन्सरद्वारा अलपत्र पारिएको झापाकी कमला तामाङलाई उद्धार गरिएको हो ।

    पीडित तामाङलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परिक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी झापा सम्मको बसको टिकटको ब्यबस्था गरी झापा पठाइएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

    उनलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरी एनआरएनए कुवेतसम्म ल्याउने सम्पुर्ण महानुभावहरुप्रती गैरआवसिय नेपाली संघ कुवेत हार्दिक धन्यवाद समेत ज्ञापन गरेको अध्यक्ष केसीले बताए ।

    साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् । कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतमा सम्पर्क गर्न सकिने उनले बताए । 

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - १३:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij