Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगन थापालाई नेता बस्नेतको चुनौती

५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगन थापालाई नेता बस्नेतको चुनौती


  • 547
    Shares

    ५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगन थापालाई नेता बस्नेतको चुनौती
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीका सभापति गगन थापालाई ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिने आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न चुनौती दिएका छन् ।
     
    नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेला कार्यक्रममा बोल्दै नेता बस्नेतले थापाको उमेर र उनले विगतमा व्यक्त गरेका प्रतिवद्धताका विषयमा टिप्पणी गरेका हुन् । नेता बस्नेतले सभापति थापा हाल ५२ वर्ष पुगिसकेको र आगामी आवधिक निर्वाचनसम्म उनले घोषणा गरेको ५५ वर्षको उमेर हद नाघिसक्ने उल्लेख गरेका छन् । देउवाकै कुशलताका कारण काँग्रेसले स्थानीय तह, प्रदेश, संघ र राष्ट्रिय सभामा समेत सफलता र बहुमत प्राप्त गरेको उनको दाबी थियो ।  

    उनले भने, ‘युवाहरूलाई मौका दिने भन्दै गगन थापाजीले ५५ वर्ष पुगेपछि राजनीति छोड्छु भन्नुभएको थियो । अहिले उहाँ ५२ वर्ष भइसक्नुभयो, आगामी चुनावसम्म उहाँ ५५ वर्ष नाघिसक्नुहुनेछ । यदि आफ्नो बोलीप्रति प्रतिवद्ध हुनुहुन्छ भने उहाँले अब युवाहरूका लागि बाटो प्रशस्त गर्नुपर्छ । सभापति देउवाको बुद्धिमतापूर्ण नेतृत्व र रणनीतिका कारण आज काँग्रेस सबै तहमा शक्तिशाली बनेको छ । पार्टी सिद्धियो वा बर्बाद भयो भन्नु यथार्थविपरीत छ ।’

    बस्नेतले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अनुभवी नेतृत्वको अपरिहार्यता औंल्याएका छन् । उनले नयाँ पुस्तालाई लक्षित गर्दै परिपक्व नेतृत्वविना पार्टी र देशले सही निकास पाउन नसक्ने तर्क गरेका छन् । काँग्रेसलाई अझ सबल र एकीकृत बनाउन सभापति देउवाकै अभिभावकत्व आवश्यक रहेको उनको जिकिर छ । 
     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १८:२१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij