२०८३ श्रावण २९ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा र डा.शेखर कोइराला समूहले आयोजना गरेको भेलामा देउवा पुगेका हुन् । देउवा समारोहस्थल पुग्दा समर्थकहरूले चर्को नाराबाजी र तालीका साथ उहाँको स्वागत गरेका थिए।
प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले कार्यक्रम सञ्चालन गर्दै १४औँ महाधिवेशनका निर्वाचित पदाधिकारीहरूलाई सोही अनुरूपको शपथ र सम्मान प्रदान गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij