२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । कपिल रिजाल निर्देशित नेपाली फिल्म ‘गौंथली’ नेपाली फिल्म इतिहासमा दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २८ औं दिन बिहीबार दिउँसो १ बजेसम्म फिल्मले देशभरबाट २१ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।
सोही अवधिमा फिल्मलाई ७ लाख ९० हजार दर्शकले हेरेका छन् । ‘गौंथली’ले यसअघि दोस्रो धेरै कमाउने नेपाली फिल्मको सूचीमा रहेको ‘कबड्डी ४’ को २१ करोड ४० लाख रुपैयाँ ग्रस कमाइलाई पछि पारेको हो ।
नेपाली फिल्ममा सर्वाधिक कमाइ गर्ने रेकर्ड भने अझै ८८‘पूर्णबहादुरको सारंगी’८८को नाममा छ । उक्त फिल्मले कुल ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कमाएको छ ।
‘गौंथली’को लगातारको व्यापारले नेपाली फिल्म बजारमा नयाँ उत्साह थपेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij