Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेप्सेमा ८.८१ अंकको वृद्धि

नेप्सेमा ८.८१ अंकको वृद्धि


  • 491
    Shares

    नेप्सेमा ८.८१ अंकको वृद्धि
    images

    काठमाडौं ।  साताको चौथो कारोबारको दिन बिहिबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ । 

    आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको १ करोड २ लाख २५ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड माथिको शेयर कारोबार भएको छ ।

    सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३९, विकास बैंक ०.५३, फाइनान्स ०.०१, होटल तथा पर्यटन ०.३५, जलविद्युत् ०.५६, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.५२ तथा अन्य ०.२८ प्रतिशत बढेको  । लगानी समूह ०.४९ प्रतिशत घटेको छ  ।

    समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब १३ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३३ करोड, उत्पादन तथा प्रशोधन २० करोड, लगानी २२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

    हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको  । सुपर खुदी हाइड्रोपावरको १३.०२, घलेम्दी हाइड्रोको ११.९०, सीवाईसी लघुवित्तको ५.०९, पाल्पा सिमेन्टको ४.४८ प्रतिशत मूल्य बढेको  । इमर्जिङ नेपालको मूल्य ५.११, सिर्जनशील लघुवित्तको ४.५३, अपर लोहोरेखोलाको ३.२९ प्रतिशत मूल्य घटेको छ  ।

    आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १५:३१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij