Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नेकपा (बहुमत) द्वारा केन्द्रीय सदस्य उषाकिरण निष्कासित

नेकपा (बहुमत) द्वारा केन्द्रीय सदस्य उषाकिरण निष्कासित


  • 1.2K
    Shares

    नेकपा (बहुमत) द्वारा केन्द्रीय सदस्य उषाकिरण निष्कासित
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले केन्द्रीय सदस्य उषाकिरण आजादलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको छ। 

    पार्टीका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार  आजादलाई जिम्मेवारीबाट मुक्त गरिएको हो। आजादले पार्टीको विधि, पद्धति र अनुशासनलाई बारम्बार उल्लङ्घन गरेपछि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

    विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधि, पद्धति र अनुशासनलाई बारम्बार उल्लङ्घन गर्दै आएको सन्दर्भमा पार्टीले छानबिनका लागि चालेको प्रक्रियालाई पनि अवज्ञा गर्दै पछिल्लो पटक विद्यार्थी सङ्गठनलाई विवादित बनाउने गरी वक्तव्यबाजी गरेकाले उहाँलाई पार्टीको केन्द्रीय सदस्यसहित सबै जिम्मेवारीबाट निष्कासन गरिएको छ।’  

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १७:३१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij