२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच सो कम्पनीद्वारा प्रबंडित लोबर ठूलोखोला जलविद्युत आयोजना ४.७५ मे.वा. (प्रस्तावित ६.५१ मे.वा.) निमार्ण तथा संचालन गर्न कुल परियोजना लागतको कर्जा स्वपूँजी अनुपात ७० ३० कायम रहनेगरि कर्जा तथा सुविधाहरु प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडको तर्फबाट सञ्चलक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले वित्तीय व्यवस्थापनको लागि नेपाल बैंक लिमिटेडलाई अवसर प्रदान गरेकोमा चितवन इनर्जी लिमिटेडलाई धन्यबाद ज्ञापन गर्दै परियोजनाको सफलतापूर्वक निमार्ण तथा संचालन गर्नको लागि शुभकामना व्यक्त गरेका छन् ।
साथै चितवन इनर्जी लिमिटेडका सञ्चलाक गोपाल प्रसाद निउरेले नेपाल बैंक लिमिटेडको सहकार्यको लागि धन्यबाद ज्ञापन गर्दै परियोजना समयमै सक्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij