२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुरानो फैसला पुनरवलोकन गर्न अनुमति दिने आदेश दिएको हो।
फैसला पुनरवलोकनको माग गर्दै कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै निवेदन दर्ता गरेका थिए।
यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो। उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै देउवा र खड्काले पुनरवलोकनको माग गरेका थिए।
अब सर्वोच्च अदालतले उक्त मुद्दामा पुनः सुनुवाइको प्रक्रिया अघि बढाउने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij