२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै तेजाबी सुन आज प्रतितोला एकसय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij