Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कृषि विकास बैंकले कमायो २ अर्ब ६३ करोड नाफा

कृषि विकास बैंकले कमायो २ अर्ब ६३ करोड नाफा


  • 911
    Shares

    कृषि विकास बैंकले कमायो २ अर्ब ६३ करोड नाफा
    images

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा घटेको छ।

    समीक्षा अवधिमा बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २९.५२ प्रतिशतले घटेको हो।

    बैंकको खुद ब्याज आम्दानीसमेत घटेको छ। असार मसान्तसम्म बैंकले ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

    यस्तै, बैंकको सञ्चालन नाफा पनि घटेको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन नाफा ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको थियो।

    अर्कोतर्फ, बैंकको निक्षेप संकलन भने बढेको छ। असार मसान्तसम्म बैंकले ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप १८.३६ प्रतिशतले वृद्धि भएको हो।

    बैंकको कर्जा लगानी २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रुपैयाँ रहेको छ।

    बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ७१ पैसा कायम भएको वित्तीय विवरणमा उल्लेख छ।

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १३:५७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij