Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्ड भुक्तानी सेवा सञ्चालन सम्झौता

ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्ड भुक्तानी सेवा सञ्चालन सम्झौता


  • 848
    Shares

    ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्ड भुक्तानी सेवा सञ्चालन सम्झौता
    images

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएल बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी इनेबल गर्न सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्धारा सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीचसंग इन्टिग्रेट भइसकेको र उक्त सम्झौता पश्चात् बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ । साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरु र RUPAY कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरु प्रोसेस गर्न सकिनेछ ।

    एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट शुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।

    एनसीएचएलको इएफटी सर्भिसेस् मार्फत हाल ११ वटा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरु प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसंगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सकिने भएको छ 

    हालसम्म नेपालपेमा ३६ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । ८ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्यू गर्न शुरु गरिसकेका छन् भने ११ भन्दा बढि बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ्ग शुरु गरिसकेका छन् भने यो क्रम बढ्दो छ ।

     

     

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १३:५३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij