Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

जय नेपाल पार्टी दर्ता गर्दै धवलशमशेर राणा

जय नेपाल पार्टी दर्ता गर्दै धवलशमशेर राणा


  • 652
    Shares

    जय नेपाल पार्टी दर्ता गर्दै धवलशमशेर राणा
    images

    काठमाडौं ।  हिन्दु अधिराज्य स्थापना गर्ने मुख्य लक्ष्यसहित नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका नेता डा. धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गर्ने बताएका छन्।

    बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता राणाले आफ्नो अध्यक्षतामा पार्टी दर्ता हुने जानकारी दिएका हुन्।

    उनले नयाँ पार्टीमा दुर्गा प्रसाईंलाई सर्वमान्य नेताको जिम्मेवारी दिइने समेत बताए। राणाका अनुसार पार्टीको उद्देश्य सक्रिय सत्ता राजनीतिभन्दा अभिभावकीय र राष्ट्ररक्षक भूमिकासहितको राजसंस्था स्थापना गर्नु रहेको छ।

    उनले नेपालका सबै जाति, जनजाति र धर्मावलम्बीहरूले परम्परादेखि नै राजसंस्थालाई स्वीकार गर्दै आएको दाबी गर्दै राजसंस्था हटेपछि देश संकटमा परेको टिप्पणी गरे।

    हिन्दु अधिराज्य पुनःस्थापना गर्ने उद्देश्यसहित ‘जय नेपाल पार्टी’ गठन गर्न लागिएको राणाको भनाइ छ।

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १३:२५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij