२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहीबार नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको छ।
योसँगै सुनको मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको तोलाको ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij