२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाउन प्रस्ताव गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाएर आन्दोलनलाई फराकिलो बनाउनुपर्ने बताएका हुन् ।
संसदीय कम्युनिस्टहरूले दुई तिहाइ नजिकको सरकार बनाउँदा समेत राज्यका निकायहरूलाई व्यवस्थापन गर्न नसकेको उनले आरोप लगाएका छन् ।
दुई तिहाइ नजिक मत ल्याएर सरकार चलाएका कम्युनिस्ट पार्टीले संसदीय तरिकाले मात्र सोच्न थाले । सरकारमा पुगेर दुईरतीन वटा प्रधानमन्त्री चलाउँदा पनि सरकारमा जाने र सरकारी निकायलाई उचित व्यवस्थापन गर्न नसक्ने कम्युनिस्ट सायद अब सिद्धियो ’ विप्लवले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij