Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्यो

ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्यो


  • 792
    Shares

    ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्यो
    images

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२\८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    अघिल्लो आर्थिक वर्षमा बैंकले ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २२.६७ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा अनुपातघटेर ०.५९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.२२ प्रतिशत थियो।

    बैंकको सञ्चालन मुनाफा ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँमा रहेको छ। बैंकको सञ्चालन मुनाफा २०.०३ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकको लाभांश क्षमता १२.०२ प्रतिशत देखिएको छ।

    चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ र रिजर्भमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँ र रिजर्भमा २४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ थियो।

    बैंकले १६ अर्ब २० करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी २।८६ प्रतिशतले घटेको छ। बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १६.३४ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १४.६९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ।

    images
    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १४:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij