२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा।लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुले विरामी दर्ता र चेक अपमा १०० प्रतिशतसम्म र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १० देखी २० प्रतिशत सम्म छुट हुने भएकोे छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा।लि तर्फबाट प्रबन्ध निर्देशक रोशन लुईटेलले हस्ताक्षर गरेका छन् ।
यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र कर्मचारीहरुले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा।लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालबाट प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम। साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij