२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । एभरेष्ट बैंकले २०८२\८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४.७५ प्रतिशतले बढेको छ।
बैंकको सञ्चालन मुनाफा ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँमा रहेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा ०.५० प्रतिशतले बढेको छ। बैंकले ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेको छ।
बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत देखिएको छ।चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रेटिन्ड अर्निङमा ५ अर्ब ५० करोड ४२ लाख रुपैयाँ र रिजर्भमा १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ रहेको छ।
बैंकले ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।बैंकको खराब कर्जा अनुपात ९एनपीएल० बढेर ०.४९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.३८ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ३६.९५ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १८.८१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २५६.४७ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij