२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकले जिल्ला सभापति पदका लागि जेपी सिलवालले दिएको उम्मेदवारी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का वडा सदस्य जेपी सिलवालले रास्वपाको आसन्न जिल्ला अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिएका थिए । उनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
जनप्रतिनिधिको हैसियतमा सरकारी तलबभत्ता लिइरहेका सिलवालले आगामी साउन २२ गते हुने रास्वपा सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
केन्द्रीय महाधिवेशन प्रतिनिधि भइ मतदान समेत गरेको अवास्थामा पार्टीको निर्वाचन कार्यविधिअनुसार एक व्यक्ति, एक प्रतिनिधित्वको व्यवस्था अनुसार उनको उम्मेदवारी धरापमा परेको हो । सरकारी सेवा सुविधा लिइरहेका जनप्रतिनिधि पार्टीको आन्तरिक निर्वाचनमा नैतिकताको आधारमा उम्मेदवार बन्न नमिल्ने भएकोले पनि उनको उम्मेदवारी रद्द गर्ने प्रक्रिया अघि बढाइएको निर्वाचन समितिले जनाएको छ ।
सिलवालको वास्तविकता सार्वजनिक भएपछि निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरी उनको उम्मेदवारी खारेज गर्ने तयारी गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij