२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । विभिन्न सात राजनीतिक दलहरूले मोर्चाबन्दीको तयारी थालेका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालदेखि जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीसम्म एउटै मोर्चामा आवद्ध हुन लागेका हुन्।
यही साउन २३ गते काठमाडौं बैंकेट थापा गाउँ, बानेश्वरमा अग्रगामी मोर्चा घोषणा हुने जनमत पार्टीका अध्यक्ष सिके राउतले जनाएका छन्।
उक्त मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका पार्टीहरू आवद्ध हुने राउतले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij