Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाको अधिवेशन बाँकी रहेका जिल्ला र प्रदेशका लागि नयाँ सर्कुलर, ‘एक व्यक्ति एक तह’ नीति लागू

रास्वपाको अधिवेशन बाँकी रहेका जिल्ला र प्रदेशका लागि नयाँ सर्कुलर, ‘एक व्यक्ति एक तह’ नीति लागू


  • 666
    Shares

    रास्वपाको अधिवेशन बाँकी रहेका जिल्ला र प्रदेशका लागि नयाँ सर्कुलर, ‘एक व्यक्ति एक तह’ नीति लागू
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पहिलो महाधिवेशन चक्रअन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेशका लागि नयाँ सर्कुलर जारी गरेको छ।

    निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्ने उद्देश्यसहित आयोगले तीन बुँदे नीतिगत स्पष्टतासहितको परिपत्र पठाएको हो।

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी परिपत्रमा हालसम्म अधिवेशन सम्पन्न नभएका सबै जिल्ला तथा प्रदेशमा पहिलो महाधिवेशन चक्रकै प्रक्रिया र नियम लागू हुने उल्लेख गरिएको छ।

    रास्वपाका अनुसार यसअघि जारी पार्टी विधान, निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगका निर्णय र व्याख्याहरू बाँकी अधिवेशनमा पनि समान रूपमा लागू हुनेछन्।

    परिपत्रमार्फत उम्मेदवारी दर्ता र प्रतिनिधिको हैसियतबारे पनि नयाँ व्यवस्था गरिएको छ। जसअनुसार, महाधिवेशन चक्रमा कुनै तहमा बहाल रहेको सदस्यले अर्को कुनै तह वा पदका लागि उम्मेदवारी दर्ता गरेसँगै उसको पुरानो प्रतिनिधिको हैसियत स्वतः समाप्त हुनेछ।

    त्यस्तो अवस्थामा सम्बन्धित व्यक्तिले छुट्टै राजीनामा दिनुपर्ने छैन भने पद स्वतः रिक्त भएको मानिने व्यवस्था गरिएको छ।

    त्यस्तै, ‘एक व्यक्ति एक तह’ को प्रतिनिधित्व सुनिश्चित गर्दै एउटै महाधिवेशन चक्रमा कुनै पनि सदस्यले एकभन्दा बढी तहमा प्रतिनिधित्व गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ।

    केन्द्रीय निर्वाचन आयोगले जारी निर्देशन पूर्ण रूपमा पालना गर्न पार्टीका सदस्य, प्रतिनिधि, उम्मेदवार, पदाधिकारी तथा अधिवेशन आयोजक समितिहरूलाई आग्रह गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १७:०६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij