Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भारतको केन्द्रीय बैंकले ब्याजदर यथावत् राख्ने संकेत

भारतको केन्द्रीय बैंकले ब्याजदर यथावत् राख्ने संकेत


  • 2.3K
    Shares

    भारतको केन्द्रीय बैंकले ब्याजदर यथावत् राख्ने संकेत
    images

    काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले यस साताको मौद्रिक नीति बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना रहेको छ। विश्वका धेरै केन्द्रीय बैंकहरूले बढ्दो मुद्रास्फीतिका कारण ब्याजदर बढाइरहेका बेला भारतले भने फरक नीति अपनाउने संकेत देखिएको हो।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको सर्वेक्षणअनुसार ७२ जना अर्थशास्त्रीमध्ये ६८ जनाले आरबीआईको मौद्रिक नीति समितिले बुधबार हुने बैठकमा ब्याजदर परिवर्तन नगर्ने अनुमान गरेका छन्। 

    भारतमा जुन महिनामा खुद्रा मुद्रास्फीति ४ दशमलव ३८ प्रतिशत पुगेको थियो। यो आरबीआईको ४ प्रतिशतको लक्ष्यभन्दा माथि भए पनि बैंकले निर्धारण गरेको २ देखि ६ प्रतिशतको स्वीकार्य सीमाभित्र नै रहेको छ। खाद्यान्न र इन्धनको मूल्यबाहेक गणना गरिने कोर मुद्रास्फीति पनि करिब ४ प्रतिशतकै हाराहारीमा रहेकाले तत्काल ब्याजदर बढाउनुपर्ने अवस्था नरहेको अर्थशास्त्रीहरूको भनाइ छ।

    सिटी बैंकका प्रमुख भारतीय अर्थशास्त्री समिरन चक्रवर्तीका अनुसार कोर मुद्रास्फीति निरन्तर ४ दशमलव ५ प्रतिशतभन्दा माथि नपुगेसम्म सन् २०२६ भित्र ब्याजदर बढ्ने सम्भावना कम छ। 

     

    images
    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १४:१४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij