Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा सिन्धुपाल्चोकको नेतृत्व दौडमा कुमार श्रेष्ठ

रास्वपा सिन्धुपाल्चोकको नेतृत्व दौडमा कुमार श्रेष्ठ


  • 2.1K
    Shares

    रास्वपा सिन्धुपाल्चोकको नेतृत्व दौडमा कुमार श्रेष्ठ
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको यही साउन २२ गते हुने जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि पार्टीको र्‍याट विभागमा करिब चार वर्षसम्म कार्य गरेर संगठनात्मक अनुभव हासिल गरेका कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । 

    श्रेष्ठले पार्टीको संगठनलाई जिल्लाभर थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएको बताएका छन् । संगठन विस्तार, कार्यकर्ताबीच समन्वय, पारदर्शी नेतृत्व र जनतासँग प्रत्यक्ष जोडिने पार्टी संरचना निर्माण आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ ।

    जिल्ला सभापति पदका लागि उम्मेदवारी दिने अन्य व्यक्तिहरूमा पासाङ तामाङ, जेपी सिलवाल, चक्रपाणि सिग्देल र दिलराम (दिलमान) श्रेष्ठ रहेका छन् । विभिन्न पृष्ठभूमिका उम्मेदवार मैदानमा उत्रिएकाले यसपटकको अधिवेशनलाई रास्वपा सिन्धुपाल्चोकको नेतृत्व चयनका लागि निकै चासोका साथ हेरिएको छ ।

    पार्टीको आगामी संगठनात्मक दिशा, कार्यशैली र जिल्ला तहको नेतृत्व तय गर्ने भएकाले साउन २२ गतेको अधिवेशनलाई रास्वपा सिन्धुपाल्चोकका लागि विशेष महत्वका साथ हेरिएको छ । नयाँ नेतृत्व चयनले संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय मुद्दामा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    images
    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १३:२९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij