Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

जसपा नेपालको पुरानो केन्द्रीय समितिको बैठक बस्दै

जसपा नेपालको पुरानो केन्द्रीय समितिको बैठक बस्दै


  • 652
    Shares

    जसपा नेपालको पुरानो केन्द्रीय समितिको बैठक बस्दै
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज केन्द्रीय समिति बैठक बोलाएको छ। लोसपा नेपालसँगको एकता प्रक्रिया र पार्टी समायोजनका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

    लोसपा नेपालसँग एकता भएको करिब ६ महिना बितिसक्दा पनि समायोजन प्रक्रियाले पूर्णता पाउन नसकेपछि दुवै दलले छुट्टाछुट्टै बैठकमार्फत आन्तरिक छलफल अघि बढाएका छन्।

    जसपा नेपालका कार्यालय सचिव पेशल ढकालका अनुसार एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउने उद्देश्यले केन्द्रीय समिति बैठक बोलाइएको हो। बैठकले समायोजनका लागि आवश्यक मापदण्ड र एकीकृत केन्द्रीय समितिमा सहभागी हुने नेताहरूको विषयमा निर्णय गर्ने बताइएको छ।

    जसपा नेपालमा हाल १८ जना पदाधिकारीसहित २४१ सदस्यीय केन्द्रीय समिति रहेको छ। एकीकृत पार्टीका लागि भने २५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ, जसमा १९ जना पदाधिकारी रहने प्रस्ताव छ।

    दुई दलबीच पार्टी समायोजनमा ६०–४० को आन्तरिक सहमति भएको छ। जसअनुसार एकीकृत पार्टीको केन्द्रीय समितिमा ६० प्रतिशत नेता जसपा नेपालबाट र ४० प्रतिशत लोसपा नेपालबाट रहनेछन्।

    यसअघि लोसपा नेपालको कार्यकारिणी समितिले समायोजनका लागि नेताहरू छनोट गर्ने मापदण्ड तय गरिसकेको छ। पार्टीमा योगदान, संघर्ष, निर्वाचनमा जिम्मेवारी, व्यक्तित्व निर्माण र युवाको प्रतिनिधित्वलाई आधार बनाउने बताइएको छ।

    लोसपा नेपालमा ६५ जना पदाधिकारीसहित ३०७ सदस्यीय केन्द्रीय समिति रहेकाले ४० प्रतिशतको कोटाअनुसार करिब १०० जना नेता मात्र एकीकृत केन्द्रीय समितिमा समेटिनुपर्ने अवस्था छ। जसका कारण नेता छनोट लोसपाका लागि चुनौतीपूर्ण बन्ने देखिएको छ।

    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १३:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij