Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

केन्द्रीय समिति बैठकमा सहभागी हुन रास्वपा नेताहरू पार्टी कार्यालय पुग्दै

केन्द्रीय समिति बैठकमा सहभागी हुन रास्वपा नेताहरू पार्टी कार्यालय पुग्दै


  • 1.4K
    Shares

    केन्द्रीय समिति बैठकमा सहभागी हुन रास्वपा नेताहरू पार्टी कार्यालय पुग्दै
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्ने क्रम सुरु भएको छ।

    बिहान ११ बजेका लागि बोलाइएको बैठक समय परिवर्तन गर्दै दिउँसो १ बजेका लागि सारिएको छ। अहिले पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बैठकमा सहभागी हुन कार्यालय पुगिरहेका छन्।

    बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, संगठन व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालनलगायत पाँच वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ।

    रास्वपाले बैठकबाट पार्टीको आगामी रणनीति, संगठन विस्तार र भावी कार्यक्रमबारे महत्वपूर्ण निर्णय लिने तयारी गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १३:०३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij