२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधबार प्रदेशमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सुनसरीमा भएको घटनाका विषयमा लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।
आज दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक आह्वान गरिएको गरिएको हो। बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरू पनि उपस्थित हुनेछन् ।
बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने बताइएको छ। मुख्यमन्त्री कार्कीले भिडियो सन्देश मार्फत पनि आम नागरिकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्नका लागि आह्वान गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij