२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा ३ दिन शोक घोषणा, पार्टी कार्यालयमा राखियो शव
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । कांग्रेस सभापति गगन थापाले श्रेष्ठको शवमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रेष्ठको ७९ वर्षको उमेरमा निधन भएपछि कांग्रेसले तीन दिनसम्म शोक मनाउने निर्णय गरेको हो ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम सार्वजनिक गरेको छ । निर्णयअनुसार श्रावण १३, १४ र १५ गते तीन दिनसम्म कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाइनेछ । यस्तै श्रावण १४ गते बिहीबार केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरू बन्द गरिने र स्वर्गारोहणको १३ दिनसम्म सबै कार्यालयमा शोक पुस्तिका राखिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले श्रेष्ठको सम्मानमा उक्त निर्णय गरिएको जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij