Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा


  • 834
    Shares

    लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
    images

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसँगै मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन्।

    राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।

    केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो। त्यसअनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका हुन्।

     

    images
    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १७:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij