Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वापाको उपसभापति बन्दैं सुधन गुरुङ !

रास्वापाको उपसभापति बन्दैं सुधन गुरुङ !


  • 778
    Shares

    रास्वापाको उपसभापति बन्दैं सुधन गुरुङ !
    images

    काठमाडौं । महाधिवेशन भएको एक महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी गरेको छ। बुधबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी गरेको हो।

    महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको बैठकको कार्यसूचीमा महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषय समावेश छन्।

    रास्वपाको विधानअनुसार ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई छ। तर बुधबारको बैठकबाट केन्द्रीय समितिले पूर्णता नपाउने महामन्त्री आचार्यले जानकारी दिए।

    ‘यो केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्य मनोनीत गर्ने सम्भावना कम छ। एकता प्रक्रियामा आएका सबै पक्षलाई मिलाएर मनोनीत गर्नुपर्ने छ। त्यसका लागि थप गृहकार्य आवश्यक छ। बैठकले केही पदाधिकारी र सदस्य मनोनीत गर्छ होला,’ आचार्यले भने।

    महाधिवेशनले संशोधनसहित पारित गरेको विधानमा १८ जना पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। असार ७ देखि १२ गतेसम्म चितवनमा भएको प्रथम महाधिवेशनले सभापतिसहित सात पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो। बाँकी ५१ जना मनोनीत हुन बाँकी छन्। रास्वपाले वरिष्ठ नेतालाई पदाधिकारीमा राखेको छैन। एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत हुन बाँकी छ। रास्वपामा पदाधिकारी बन्न केन्द्रीय सदस्य अनिवार्य हुनुपर्छ। त्यसकारण बैठकले पहिले केन्द्रीय सदस्य मनोनीत गरेर पदाधिकारी बनाउनुपर्ने छ।

    महाधिवेशनमा प्रतिनिधिको प्रत्यक्ष मतदानबाट सभापति रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्ले र सोविता गौतम निर्वाचित भएका छन्। महामन्त्रीमा विपिन आचार्य तथा तीन सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भएका छन्।

    रास्वपाका एक नेताका अनुसार प्रधानमन्त्री रहेका बालेन्द्र शाह समूहले नामावली उपलब्ध नगराउँदा केन्द्रीय समिति विस्तारमा ढिलाइ भएको हो।

    images
    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १६:०९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij