Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपाले आजदेखि केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया सुरु गर्दै, पदाधिकारी मनोनयनको तयारी

रास्वपाले आजदेखि केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया सुरु गर्दै, पदाधिकारी मनोनयनको तयारी


  • 701
    Shares

    रास्वपाले आजदेखि केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया सुरु गर्दै, पदाधिकारी मनोनयनको तयारी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन सम्पन्न भएको करिब एक महिनापछि बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

    बुधबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकले संगठन विस्तार, पदाधिकारी मनोनयन, महाधिवेशनको समीक्षा तथा आगामी कार्यक्रमबारे निर्णय गर्ने कार्यसूची तय गरिएको छ।

    महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकबाट केही केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन हुने सम्भावना भए पनि केन्द्रीय समितिले भने पूर्णता पाउने सम्भावना कम छ। एकता प्रक्रियाबाट आएका विभिन्न समूहलाई समेट्न थप गृहकार्य आवश्यक रहेकाले मनोनयन चरणबद्ध रूपमा अघि बढाइने उनले बताए।

    रास्वपाको संशोधित विधानअनुसार १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। महाधिवेशनबाट सभापतिसहित सात पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् भने ५१ केन्द्रीय सदस्य मनोनयन हुन बाँकी छन्। पदाधिकारी बन्नका लागि पहिले केन्द्रीय सदस्य मनोनयन अनिवार्य हुने व्यवस्था छ।

    पार्टीभित्र एकता प्रक्रियामा रहेका समूहबीच प्रतिनिधित्वको विषयमा छलफल जारी रहेको स्रोतको दाबी छ। बालेन्द्र शाह  पक्षबाट नामावली आउन बाँकी रहेकाले मनोनयन प्रक्रिया केही ढिलो भएको बताइएको छ। स्रोतका अनुसार भूगोल, समावेशिता र कार्यक्षमतालाई आधार बनाएर सबै पक्षलाई समेट्ने गरी केन्द्रीय समितिलाई पूर्णता दिने तयारी भइरहेको छ।

    यसैबीच, एक उपसभापतिमा गृहमन्त्री सुधन गुरुङको सम्भावना बलियो देखिएको छ। त्यस्तै, महामन्त्री पदका लागि भूपदेव शाह र सुदीप ढकालबीच प्रतिस्पर्धा हुने चर्चा छ। प्रवक्तामा प्रमोद न्यौपानेको सम्भावना बलियो रहेको र निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले सोही पदमा दोहोरिन इच्छा नराखेको स्रोतले जनाएको छ।

    रास्वपाले संगठनलाई समावेशी र सुदृढ बनाउने उद्देश्यसहित चरणबद्ध रूपमा नेतृत्व संरचनालाई पूर्णता दिने तयारी गरेको जनाएको छ।

    images
    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १३:५२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij