२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले “Best Bank in MSME Acceleration”, “Best Performance on Asset Quality”, “Best Performance on Profitability” / “Best Commercial Bank” र “द्यभकत ऋयmmभचअष्ब िद्यबलप” बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।
भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द तथा बित्त तथा योजना बिभाग प्रमुख श्री नेत्र खतिवडाले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए ।
यी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यम (MSME)को प्रबर्दनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिन्छ ।
यस अवसरमा हामीप्रति निरन्तर विश्वासका साथ सहकार्य गर्नुहुने हाम्रा आदरणीय सेयरधनी तथा ग्राहकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं । साथै, हाम्रो उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्नुहुने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । यसले हामीलाई हाम्रा सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउन प्रेरित गर्दछ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij