Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ओली–प्रचण्ड सहमतिमा असन्तुष्ट माधव नेपाललाई फकाउन प्रचण्ड कोटेश्वरमा

ओली–प्रचण्ड सहमतिमा असन्तुष्ट माधव नेपाललाई फकाउन प्रचण्ड कोटेश्वरमा


  • 1.9K
    Shares

    ओली–प्रचण्ड सहमतिमा असन्तुष्ट माधव नेपाललाई फकाउन प्रचण्ड कोटेश्वरमा
    images

    काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहसंयोजक माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवास पुगेका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको तीन बुँदे समझदारीप्रति नेपाल असन्तुष्ट देखिएपछि उनलाई विश्वासमा लिन प्रचण्ड कोटेश्वर पुगेको बताइएको छ ।

    शनिबार ओली र प्रचण्डबीच पाँच वटा प्रदेशमा सरकार गठन तथा शक्ति बाँडफाँटका विषयमा तीन बुँदे सहमति भएको थियो । उक्त सहमतिप्रति नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । उनले सहमति सत्ता केन्द्रित मात्र भएको र नीतिगत स्पष्टता नरहेको धारणा राख्दै आएका छन् ।

    सोमबार बिहान साढे ९ बजे भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरण र सरकार सञ्चालनका विषयमा छलफल भएको बताइएको छ ।

    माधव नेपालका सहयोगी लक्ष्मण रेग्मीका अनुसार भेटमा पछिल्लो राजनीतिक अवस्था र गठबन्धनलाई मजबुत बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो । प्रचण्डले नेपालको असन्तुष्टि सम्बोधन गर्दै अघि बढ्ने प्रयास गरेको बताइएको छ ।

    शनिबारको सहमतिअनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व लिने तथा नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको थियो ।

    तर, नेपाल पक्षले नयाँ सरकारले गर्ने काम, जनतालाई दिने सेवा र नीतिगत प्राथमिकता स्पष्ट नभएकाले सहमति अझै परिपक्व नभएको बताउँदै आएको छ ।

    प्रचण्डले भने गठबन्धनलाई बलियो बनाउन माधव नेपालको भूमिका महत्वपूर्ण रहेको भन्दै उनलाई विश्वासमा लिएर अघि बढ्ने प्रयास गरिरहेका छन् ।

    images
    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १४:५३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij