Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, करपछि ३ अर्ब ५५ करोड रुपैयाँ नाघ्यो

बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, करपछि ३ अर्ब ५५ करोड रुपैयाँ नाघ्यो


  • 2.0K
    Shares

    बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, करपछि ३ अर्ब ५५ करोड रुपैयाँ नाघ्यो
    images

    काठमाडौं । बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बलियो वित्तीय प्रदर्शन गरेको जनाएको छ । बैंकको करपछिको नाफा अघिल्लो वर्षको तुलनामा ३८.०१ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

    बैंकका अनुसार यस अवधिमा प्रतिशेयर आम्दानी बढेर २५ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ रुपैयाँ ९४ पैसा रहेको थियो । त्यस्तै, बैंकको प्रतिफल क्षमता पनि सुधार भएको छ । गत वर्ष ११.७० प्रतिशत रहेको आरओई यस वर्ष बढेर १४.३९ प्रतिशत पुगेको बैंकले जनाएको छ ।

    बैंकको वितरणयोग्य नाफा प्रतिशेयर २० रुपैयाँ ८५ पैसा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो १५ रुपैयाँ ४८ पैसा थियो । बैंकले कर्जा विस्तारमा समेत वृद्धि गरेको छ । खुद कर्जा तथा सापटी ११.१९ प्रतिशतले बढेर २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप १०.८४ प्रतिशतले वृद्धि भई २४९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

    पूँजी पर्याप्तताको अवस्थामा पनि बैंक बलियो देखिएको छ । बैंकको टियर–१ पूँजी पर्याप्तता अनुपात १०.१७ प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १३.१० प्रतिशत रहेको छ । यसैगरी, खराब कर्जा (Gross NPA) घटेर २.८७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा खराब कर्जा ३.०१ प्रतिशत रहेको थियो । 

    बैंकले नाफा वृद्धि, कर्जा विस्तार, पूँजी सुदृढीकरण र खराब कर्जा नियन्त्रणमार्फत वित्तीय सूचकहरूमा सुधार आएको जनाएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १२:३९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij