२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सुन चाँदीको मूल्यमा वृद्धि भएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार १४० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३५ रुपैयाँले वृद्धि भएको हो।
त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ ५० पैसा कायम भएको छ। अघिल्लो दिन १० ग्राम चाँदी ३ हजार ७८० रुपैयाँ ५० पैसामा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij