Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मधेसमा तीन दलीय गठबन्धन यथावत् रहने मुख्यमन्त्री यादवको दाबी

मधेसमा तीन दलीय गठबन्धन यथावत् रहने मुख्यमन्त्री यादवको दाबी


  • 799
    Shares

    मधेसमा तीन दलीय गठबन्धन यथावत् रहने मुख्यमन्त्री यादवको दाबी
    images

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेसमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितको तीन दलीय गठबन्धन नै कायम रहने दाबी गरेका छन् ।

    सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँगको सम्बन्धमा कुनै खटपट नआएको बताउँदै उनले मधेसमा आफ्नो नेतृत्वको सरकारलाई कुनै समस्या नरहेको प्रस्ट पारे ।

    मुख्यमन्त्री यादवका अनुसार हालै केन्द्रमा शीर्ष तहमा भएको छलफलपछि पनि मधेस प्रदेशमा सहकार्य कायम राख्ने सहमति दोहोरिएको छ। पार्टी नेतृत्वसँगको पछिल्लो संवादमा पनि प्रदेशमा समन्वय गरेर सरकार सञ्चालन गर्न निर्देशन प्राप्त भएको उनले बताए।

    तीन दलीय गठबन्धनबारे उठेका प्रश्नको जवाफ दिँदै यादवले मधेसको राजनीतिक अवस्था अन्य प्रदेशभन्दा फरक रहेको उल्लेख गरे। उनका अनुसार यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रभावकारी प्रतिपक्षका रूपमा रहेकाले वर्तमान गठबन्धन केन्द्रको नीतिविपरीत नहुने तर्क गरे।

    मुख्यमन्त्री यादवले प्रदेश सभामा प्रतिपक्षसँग समेत सहकार्य गर्दै बजेट पारित गरिएको स्मरण गराउँदै मधेसमा राजनीतिक स्थायित्व कायम रहेको बताए।

    उनले गठबन्धन दलहरूबीच सरकारलाई निरन्तरता दिने विषयमा पहिले नै सहमति भइसकेको उल्लेख गर्दै, कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम नभएसम्म मधेस सरकार परिवर्तन हुने अवस्था नरहेको स्पष्ट पारे।

    images
    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १७:५६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij