Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेरो कारण नेकपा खारेज भएको भन्ने ओलीको अभिव्यक्ति झुठ, भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड

मेरो कारण नेकपा खारेज भएको भन्ने ओलीको अभिव्यक्ति झुठ, भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड


  • 9.0K
    Shares

    मेरो कारण नेकपा खारेज भएको भन्ने ओलीको अभिव्यक्ति झुठ, भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एकताको प्रयास असफल भएको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइ षडयन्त्रपूर्ण रहेको बताएका छन् ।

    प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भर्त्सना गरेका छन् । ट्वीटर ह्याण्डलबाट आफ्नो प्रष्टीकरण दिदै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताएका थिए ।

    अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जानका लागि आफूले आग्रह गर्दा प्रचण्डले नमानेको ओलीले बताएका थिए । ओलीको सो अभिव्यक्तिलाई लिएर प्रचण्ड र माधव नेपालबीच पनि आज कुराकानी भएको थियो ।

    comrade.jpg

     

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १४:१८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij