Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

शिक्षक सरुवा व्यवस्थाविरुद्ध आन्दोलन घोषणा, साउन १५ गते माइतीघरमा प्रदर्शन गर्ने

शिक्षक सरुवा व्यवस्थाविरुद्ध आन्दोलन घोषणा, साउन १५ गते माइतीघरमा प्रदर्शन गर्ने


  • 918
    Shares

    शिक्षक सरुवा व्यवस्थाविरुद्ध आन्दोलन घोषणा, साउन १५ गते माइतीघरमा प्रदर्शन गर्ने
    images

    काठमाडौं । शिक्षा नियमावलीको दशौँ संशोधनमा गरिएको शिक्षक सरुवासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन घोषणा गरेका छन्।

    ‘सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समिति’ले विज्ञप्ति जारी गर्दै संशोधनका प्रावधानहरू त्रुटिपूर्ण रहेको भन्दै तत्काल खारेज गर्न माग गरेको हो।

    संघर्ष समितिका संयोजक नेत्रलाल भट्टराईका अनुसार शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट नियुक्त भएका करिब ४० हजार नयाँ पुस्ताका शिक्षकहरू पछिल्लो नीतिगत निर्णयबाट निराश भएका छन्। शिक्षकको वास्तविक अवस्था, भौगोलिक विविधता, पारिवारिक दायित्व र सामाजिक पक्षलाई बेवास्ता गर्दै ल्याइएको व्यवस्थाले शिक्षण पेसालाई कमजोर बनाएको समितिको दाबी छ।

    साउन ९ गते जुममार्फत बसेको नवप्रवेशी युवा शिक्षकहरूको बैठकले दशौँ संशोधन खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। समितिले साउन १५ गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्ने जनाएको छ।

    उक्त प्रदर्शनमा देशभरका शिक्षक, शिक्षाप्रेमी तथा सरोकारवालालाई सहभागी हुन समितिले अपिल गरेको छ। आन्दोलनलाई देशव्यापी बनाउन सातै प्रदेशका संयोजकसहित केन्द्रीय पदाधिकारीको जिम्मेवारीसमेत तोकिएको छ।

    समितिले कोशी प्रदेश संयोजकमा ओम प्रकाश बुढाथोकी, मधेशमा लक्ष्मी खड्का धामी, बागमतीमा किशोर न्यौपाने, गण्डकीमा कला दबाडी, लुम्बिनीमा पदमा गौतम, कर्णालीमा तारा कुमारी खड्का र सुदूरपश्चिममा लोकेन्द्र कुँवरलाई जिम्मेवारी दिएको छ।

    त्यस्तै, लेखा संयोजकमा वीरेन्द्रप्रसाद भट्ट, राष्ट्रिय प्रवक्तामा रव कण्डेल, महासचिवमा हिमाल कडेल र राष्ट्रिय संयोजकमा नेत्रलाल भट्टराई तोकिएका छन्।

    संघर्ष समितिले शिक्षकको हकहित र शिक्षा क्षेत्र सुधारका लागि सम्पूर्ण शिक्षक समुदायलाई एकजुट हुन आह्वान गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - ११:३५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij