Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कम्बोडियाबाट नेपाली किन फर्कन मान्दैन

कम्बोडियाबाट नेपाली किन फर्कन मान्दैन


  • 3.6K
    Shares

    कम्बोडियाबाट नेपाली   किन फर्कन मान्दैन
    images

    काठमाडौं । कम्बोडियामा सञ्चालित अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जानेक्रम नरोकिएको र स्वदेश फिर्तीको प्रक्रिया पूरा गरेका केही व्यक्ति त्यहाँबाट नफर्केपछि परराष्ट्र मन्त्रालयले विशेष चार अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार (साउन ८) काठमाडौंमा पत्रकार सम्मेलनमा गरी उनीहरूलाई विशेष अनुरोध आग्रह हो ।

    परराष्ट्रले उद्धारका निम्ति मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली नियोगमा अनुरोध गर्नुअगावै स्क्याम सेन्टरमा नेपाली पठाउनेजस्तो गैरकानुनी काममा संलग्न व्यक्तिहरूलाई कारबाहीका निम्ति यथार्थ विवरण उल्लेख गरी परिवार र आफन्तले नेपाल प्रहरीलगायत सम्बन्धित निकायमा निवेदन दिन आग्रह गरेको छ ।

    “ती क्षेत्रमा पुगिसकेका तथा  हाल फर्कन अनिच्छुक नेपालीहरूलाई नेपाल फर्काउनका लागि परिवार र आफन्तहरूले फोन, सामाजिक सञ्जाल वा अन्य उपयुक्त सम्पर्क माध्यमबाट शीघ्र अनिवार्य रूपमा नेपाल फर्कन पहल गरिदिन । साथै, नेपाली दूतावासले जरिबाना छुट गराएका नेपालीहरूलाई तुरन्त नेपाल फर्कन पनि आग्रह गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

    जेलबाट छुटाइदिने भन्दै झुटो आश्वासन दिने र रकम पनि संकलन गरिएको भन्ने जानकारी प्राप्त भएकाले त्यस्ता व्यक्तिहरूबाट सावधान रहन र यस सम्बन्धमा आधिकारिक निकायबाट मात्र वकिलको शुल्कसम्बन्धी जानकारी, सूचना, सल्लाह र सहयोग लिन परराष्ट्रले अनुरोध गरेको छ ।

    दक्षिणपूर्वी एसियाली राष्ट्रहरू कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डमा सञ्चालित स्क्यामिङ सेन्टरबाट पछिल्लो वर्ष ८६० नेपालीको उद्धार गरिएको उनले जानकारी दिए । तीमध्ये ७३३ जना कम्बोडियाबाट, ११३ जना म्यानमारबाट, आठजना लाओसबाट र ६ जनालाई थाइल्यान्डबाट उद्धार गरिएको थियो । 

    परराष्ट्र अनुसार, कम्बोडियामा हाल ४९ नेपाली जेलमा छन् । उनीहरूका निम्ति आवश्यक कानुनी सहायतालगायत समन्वय थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासबाट अगाडि बढाइसकेको उनले बताए ।

    images
    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १६:२१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij