२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी ११ जना तोकिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालले सेवाग्राहीका समस्या र सल्लाहलाई प्राथमिकताका साथ सम्बोधन गर्न गुनासो तथा उजुरी व्यवस्थापन तथा फर्छ्यौट समितिु गठन गरेको हो ।
प्रत्येक आवाजको सम्मान, हरेक गुनासोको समाधानू भन्ने मूल नाराका साथ गठन गरिएको यस समितिको प्रमुख गुनासो सुन्ने अधिकारीका रूपमा डा। प्रकाश बुढाथोकी रहेका छन्। अस्पतालले आफ्ना सेवाहरूलाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले यो संरचनात्मक पहल अघि बढाएको हो।
यस समितिअन्तर्गत सेवाग्राहीका उजुरी र सुझावहरू सहज रूपमा सुन्नका लागि डा. अनिप जोशी, डा. नरेन्द्र खनाल, डा. राजेन्द्र झा, डा. मनिष बज्राचार्य, डा. सुवज भट्टराई, सिद्धार्थ रञ्जित, सुनिता न्यौपाने, श्री तारा बहादुर कुँवर, पूर्णिमा सिवाल र विद्याभूषण बजगाईंलाई गुनासो सुन्ने अधिकारीका रूपमा जिम्मेवारी तोकिएको छ।
प्रत्येक गुनासो तथा उजुरी सुन्न, बुझ्न र समाधान गर्न आफूहरू सधैँ तयार रहेको जनाउँदै अस्पताल प्रशासनले सेवाग्राहीका गुनासा र उजुरीहरूलाई वीर अस्पतालको निरन्तर सुधार र उत्कृष्ट सेवाका लागि महत्त्वपूर्ण पृष्ठपोषणको रूपमा लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij