Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर

बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर


  • 687
    Shares

    बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
    images

    काठमाडौं । दिल्ली उच्च अदालतले बलात्कार र अपहरणको आरोपमा दोषी ठहरिएका एक व्यक्तिलाई १८ वर्षपछि निर्दोष सावित गर्दै सफाइ दिएको छ । न्यायाधीश विमलकुमार यादवको एकल इजलासले प्रमाणको अभाव र पीडित भनिएकी युवतीको बयानमा देखिएको विरोधाभासका आधारमा राम चन्दर (छोटु)लाई ‘शङ्काको सुविधा’ दिँदै सफाइ दिएको हो ।

    न्यायाधीश यादवले आफ्नो फैसलाको सुरुवात विलियम शेक्सपियरको ‘नाममा के छ र ?’ भन्ने प्रसिद्ध भनाइ र १५ औं शताब्दीका कवि कबीरदासको ‘साधुको जात नसोध, ज्ञान सोध’ भन्ने पंक्तिबाट गरेका छन् ।

    उनले मानिसको नाम (राम चन्दर) बाट उसको चरित्रको मापन गर्न नसकिने र हरेक व्यक्तिको मूल्याङ्कन उसको कर्म (काम) बाट हुनुपर्ने उल्लेख गरेका छन् । अदालतले तल्लो अदालतको फैसला बदर गर्दै आरोपितको जमानत जफत गर्ने आदेश दिएको छ र उनलाई सबै आरोपबाट मुक्त गरेको छ ।

    तल्लो अदालतले पीडितलाई नाबालिग मानेको भए पनि ‘ओसिफिकेसन टेस्ट’ को रिपोर्टले उनको उमेर १४ देखि १६.४ वर्षको बीचमा देखाएको थियो । अदालतले कानुनी मापदण्ड अनुसार २ वर्षको ‘मार्जिन अफ एरर’ थप गर्दा युवतीको उमेर १८.४ वर्ष अर्थात् वयस्क ठहरिने व्याख्या गरेको छ ।

    अदालतको फैसला अनुसार ती युवती आरोपितसँग सार्वजनिक यातायातमा यात्रा गरेकी थिइन् र नवरात्रीको दिन भीडभाड हुने कालकाजी मन्दिरमा पनि पुगेकी थिइन् । त्यस समयमा उनले कुनै गुहार मागिनन् वा भाग्ने प्रयास गरिनन् ।

    उनले पहिले आफ्ना अभिभावकको दबाबमा आरोपित विरुद्ध बयान दिएको स्वीकार गरेकी छिन् । अदालतले फरेन्सिक रिपोर्टमा गरिएका केरमेट र प्रमाण संकलन प्रक्रियामा रहेका त्रुटिहरूलाई पनि औंल्याएको छ ।

    सन् २००६ अप्रिलमा १३ वर्षीया एक किशोरी हराएको भन्दै ओखला औद्योगिक क्षेत्र प्रहरी कार्यालयमा उजुरी परेको थियो । पछि ती किशोरी र आरोपित राम चन्दरलाई मदनगीर क्षेत्रबाट फेला पारेको थियो ।

    तल्लो अदालतले सन् २००८ अगस्ट २९ मा राम चन्दरलाई अपहरण (दफा ३६३) र बलात्कार (दफा ३७६) मा दोषी ठहर गर्दै ७ वर्ष जेल सजाय र जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसला विरुद्ध राम चन्दरले सन् २००८ मै उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

     

    images
    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - १२:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij