Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रास्वपा सांसदले अब नातेदारलाई स्वकीय सचिव राख्न नपाउने

रास्वपा सांसदले अब नातेदारलाई स्वकीय सचिव राख्न नपाउने


  • 1.4K
    Shares

    रास्वपा सांसदले अब नातेदारलाई स्वकीय सचिव राख्न नपाउने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्तिसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। पार्टीले राज्यकोषको दुरुपयोग रोक्न र नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन भन्दै सांसदहरूलाई आन्तरिक निर्देशन जारी गरेको हो।

    रास्वपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशनअनुसार अब पार्टीका सांसदहरूले आफ्ना एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्।

    निर्देशनमा स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। सांसदहरूले परिवारभन्दा बाहिरका योग्य व्यक्तिलाई मात्र स्वकीय सचिवका रूपमा नियुक्त गर्नुपर्नेछ।

    सरकारले संघीय संसद्का सदस्यलाई राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेपछि रास्वपाले यस्तो नीति ल्याएको हो।

    रास्वपाले स्वकीय सचिव छनोटका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने जनाएको छ। यसका लागि संसदीय दलले साझा विज्ञापन ढाँचा तयार गर्ने र सोही आधारमा आवेदन माग गर्ने व्यवस्था गरिएको छ।

    स्वकीय सचिव बन्न संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। स्नातक तह उत्तीर्ण, विज्ञता, प्रविधिमैत्री क्षमता र अनुसन्धान कौशल भएका व्यक्तिलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।

    त्यस्तै, महिला, सीमान्तकृत तथा पिछडिएका समुदायका योग्य उम्मेदवारलाई प्रोत्साहन गर्ने नीति पनि पार्टीले अघि सारेको छ।

    रास्वपाले स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि रकम कट्टा गर्ने, असुल्ने वा हिनामिना गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरेको छ। पारिश्रमिक सिधै स्वकीय सचिवकै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

    सांसदले छनोट गरेका व्यक्तिलाई नियुक्त गर्नुअघि रास्वपा संसदीय दलबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ। नियुक्त हुने व्यक्तिको बायोडाटा र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पार्टी केन्द्रीय कार्यालयमा समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    कागजमा मात्रै स्वकीय सचिव देखाएर सुविधा लिएको वा नातेदार नियुक्त गरेको प्रमाणित भएमा केन्द्रीय अनुशासन समितिले तत्काल कारबाही गर्ने चेतावनी रास्वपाले दिएको छ।

    1_tnY5R5SaNq.jpg

    images
    प्रकाशित मिति :श्रावण ८ २०८३ शुक्रवार - ११:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij